लिस्बोनमा इतिहास रचेको पिएसजी

एजेन्सी । स्टार खेलाडीहरुले भरिएर पनि युरोपियन प्रतिस्पर्धामा सधै असफल हुँदै आएको फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक भने इतिहास रच्न सफल भयो ।

मंगलबार राती पोर्चुगलको लिस्बोनमा सम्पन्न पहिलो सेमिफाइनलमा आरबी लिपजिगलाई ३–० ले हराउँदै पिएसजीले पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भयो ।

युरोप कै सर्वाधिक खर्चालु क्लब मध्ये एक पिएसजीले लिपजिग विरुद्ध प्रभावशाली जित निकाल्दा क्लबले ऐतिहासिक सफलतालाई पनि आत्मसात गर्यो ।

खेल शुरु भएको १३औं मिनटमै मार्किन्होजको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । मध्यान्तर हुनु भन्दा तीन मिनट अघि एन्जल डि मारियाले पिएसजीको त्यो अग्रता दोब्बर पारे ।

खेलमा एकपक्षीय प्रभाव जमाएको पिएसजीका लागि दोस्रो हाफको ५६औं मिनटमा हुवाँ बेर्नटले तेस्रो गोल गर्दै फ्रेन्च च्याम्पियनको युरोपियन फाइनल पक्का गरे ।

पिएसजीले फाइनलमा आज राती हुने बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ । फाइनल लिस्बोन मै खेल आइतबार हुँदैछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...