अन्ततः सिटीबाट अलग भए ब्राभो

एजेन्सी । म्यानचेष्टर सिटीका भेट्रान गोलरक्षक क्लाउडिओ ब्राभोले क्लबसँगको सम्झौता सकिएसँगै इतिहाद स्टेडियमबाट बिदा लिएका छन् ।

स्मरण रहोस, ३७ बर्षिय ब्राभो सन् २०१६ मा स्पेनिस जायन्ट बार्सिलोनाबाट १५.४ मिलियन पाउण्डमा इतिहाद स्टेडियममा आएका थिए ।

सिटीमा आवद्ध भएपछि ब्राभोको करियरले खासै गति लिन सकेन । सिटीले सन् २०१६–१७ को सिजनमा कुनै ट्र्फी जित्न सकेन । २०१७ मा ब्राजिलियन गोलरक्षक इडरसन आएपछि ब्राभोको करियर झन ओरालो लाग्न पुग्यो ।

लिगमा मुश्किलले अवसर पाउन थालेका ब्राभोले सिटी बसाईका क्रममा केवल ६१ म्याच मात्र खेल्न पाए । त्यसमा पनि उनले खेलेको अधिकांश खेलहरु कप च्याम्पियनसिप थिए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...