हार्टको नयाँ गन्तव्य, यात्रा कठिन हुने अनुमान

एजेन्सी । म्यानचेष्टर सिटीका पूर्व गोलरक्षक जोए हार्ट फ्रि ट्रान्सफरमा अर्को इङलिस क्लब टोटेनह्याममा आवद्ध भएका छन् । गत सिजन बर्नलीका लागि खेलेका ३३ बर्षिय हार्टको गत जुन ३० मा सम्झौता सकिएको थियो ।

रिपोर्टअनुसार हार्टले टोटेनह्यामसँग दुई बर्षका लागि सम्झौता गरेका छन् । यसअघि सिटीको पहिलो रोजाईमा रहेर नियमित खेलिरहेका हार्टले इतिहाद स्टेडियममा पेप गार्डिओलाको आगमनसँग अवसर पाउन छाडेका थिए ।

त्यसपछि इटालियन क्लब टोरिनो र वेस्ट ह्याममा दुई सिजन लोनमा बिताए पछि सन् २०१८ मा उनले सिटी छाड्दै बर्नलीलाई स्थायी रुपमै राजेका थिए ।

उता टोटेनह्यामले पनि हार्टलाई अनुवन्ध गरेको कुरा आधिकारिक रुपमा जानकारी गराएको छ । यद्यपि उत्तरी लण्डन क्लबमा हार्टले पहिलो रोजाईमा रहेर खेल्न निकै मेहनत गर्नुपने जानकारहरु बताउँछन् ।

हाल टोटेनह्यामको पहिलो रोजाईमा रहेका फ्रेन्च गोलरक्षक हुगो लोरिस लयमा छन् । यद्यपि उनको विकल्पमा पाउलो गाजानिग्गा छन् । हार्टले गाजानिग्गासँग लोरिसको विकल्पमा रहेर खेल्न प्रतिस्पर्धा गर्नुपर्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...