फ्रेन्च लिग वानको उद्घाटन खेल स्थगित

एजेन्सी । यहि आउँदो २१ अगस्त (शुक्रबार) का दिनदेखि शुरु हुने भनिएको फ्रेन्च लिग वानको सिजन २०२०–२१ को उद्घाटन खेल स्थगित भएको छ ।

उद्घाटन खेल खेल्ने तयारीमा रहेको मार्सेलीका थप खेलाडी तथा स्टाफहरुमा कोभिड–१९ पोजिटिभ देखिएपछि उद्घाटन खेल स्थगित गर्नुपरेको हो ।

उद्घाटन खेलमा मार्सेलीले सेन्ट इटिनीसँग खेल्ने तय भइसकेको थियो । तर लिगमा सहभागि खेलाडी तथा स्टाफहरुमा कोभिड–१९ संक्रमण देखिएपछि उद्घाटन खेल स्थगिन गरिएको लिग डि फुटबल प्रोफेशनलले जनाएको छ ।

स्मरण रहोस, नयाँ सिजनका लागि शुक्रबार हुने भनिएको त्यो खेल एक मात्र खेल थियो । लिगका बाँकी खेलहरु शनिबार र आइतबार हुने कार्यक्रम थियो ।

हालसम्म फ्रेन्च लिगमा सहभागि ११ क्लबहरुका करिब ४० खेलाडीहरुमा कोभिड–१९ संक्रमण देखिएको बताइएको छ । उता मार्सेलीले गत साता जर्मन क्लब स्टुटगार्ट विरुद्ध खेल्ने भनिएको मैत्रीपूर्ण खेल पनि कोरोना संक्रमण कै त्रासलाई हेरेर स्थगित गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...