एजेन्सी । च्याम्पियन्स लिगतर्फ क्वाटरफाइनलमा बायर्न म्युनिखसच्ग ८–२ को लज्जाजनक हारपछि बार्सिलोनाले क्विके सेटिनलाई त्यो नतिजाको तीन दिनपछि बर्खास्त गर्यो ।
यद्यपि सेटिनलाई बर्खास्त गरे लगतै बार्साले उनको विकल्प पनि भेटाएको छ । स्रोतका अनुसार क्याटलन जायन्टले क्लबकै पूर्व खेलाडी रोनाल्ड कोयमनलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने पक्का भएको छ ।
स्मरण रहोस, यी ५७ बर्षिय डच प्रशिक्षकले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोना कै लागि व्यवसायीक फुटबल समेत खेलेका थिए ।
उता सेटिनले बार्सिलोनाका लागि केवल २५ खेलमा मात्र प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने अवसर पाए । गत जनवरीमा बार्साको जिम्मेवारी सम्हालेका सेटिनले आफ्नो जिम्मेवारीमा क्लबलाई राम्रो लय दिन सकेनन् ।
Barcelona have sacked manager Quique Setien, three days after their humiliating Champions League defeat by Bayern Munich.https://t.co/U58bCsjHXz pic.twitter.com/aqihvJUL5z
— BBC Sport (@BBCSport) August 17, 2020
बार्सिलोनाले २०१९–२० को सिजन लिगतालिकाको दोस्रो स्थानमा रहेर समापन गर्यो । र, शिर्ष स्थानको लिग विजेता रियल मेड्रिड भन्दा पाँच अंकले पछि पर्यो ।
बार्सिलोनाले सेटिनको प्रस्थानसँगै नयाँ प्रशिक्षकबारे छिटै घोषणा गर्ने बताएको छ । साथै बार्सिलोनाले क्लबको अध्यक्ष पदको निर्वाचिनबारे पनि चर्चा गरेको छ ।
खबरअनुसार आगामी बर्ष क्लबको नयाँ अध्यक्षका लागि निर्वाचत हुँदैछ । जुन निर्वाचन आगामी बर्षको जुन महिनामा हुने भनिएको थियो । यद्यपि अब त्यो निर्वाचन मार्च १५ तारीखका दिन गरिने बताइएको छ ।