सिटी लिजेण्ड सिल्वाले पाए नयाँ क्लब

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमा एक दशक बिताएका स्पेनिस लिजेण्डरी मिडफिल्डर डेभिड सिल्वाले नयाँ क्लब पाएका छन् ।

गत शनिबार च्याम्पियन्स लिगतर्फ क्वाटरफाइनलमा लियोनसँगको स्तब्धपुर्ण हारसँगै सिल्वाको सिटीसँगको सहकार्य दुःखद रुपमा समापन भएको थियो ।

सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट इतिहाद स्टेडियम आएका ३४ बर्षिय सिल्वाले सिटीलाई कुल १४ ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेले ।

यद्यपि सिटीसँगको सहकार्य टुंग्याएका सिल्वा फेरि घरेलु फुटबल मै फर्किएका छन् । अर्थात यी स्पेनिस प्लेमेकरलाई ला लिगा क्लब रियल सोसिडाडले फ्रि ट्रान्सफरमा अनुवन्ध गरेको छ ।

स्मरण रहोस, सिल्वालाई अनुवन्ध गर्न इटालियन क्लब लाजियोले पनि तीन बर्षको सम्झौता सहित प्रस्ताव गरेको थियो । तर सिल्वाले फेरि स्पेनलाई नै रोजे । ला लिगामा सोसिडाडले गत सिजन छैटौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।

उता सिटीका लागि प्रिमियर लिगमा कुल ३०९ खेल खेलेका सिल्वाले ६० गोल गर्नुका साथै क्लबलाई सन् २०१२, २०१४, २०१८ र २०१९ मा लिग उपाधि समेत जिताए ।

त्यति मात्र नभएर उनले सिटीका लागि दुई एफए कप, पाँच लिग कप र तीन पटक कम्युनिटी शिल्ड समेत जितेका थिए । कुल ७० पटक च्याम्पियन्स लिग खेल्दै उनले सिटीका लागि सर्वाधिक युरोपियन कप खेल्ने खेलाडीको किर्तिमान समेत बनाएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...