युरोपा लिगः इन्टर र सेभियाको फाइनल भिडन्त तय

एजेन्सी । सिजन २०१९–२० को युइएफए युरोपा लिगतर्फ फाइनलमा स्पेनिस क्लब सेभिया र इटालियन महारथी इन्टर मिलान भिड्ने पक्का भएको छ ।

सोमबार राती दोस्रो सेमिफाइनलमा इन्टर युक्रेनी क्लब शख्तर डोनेस्कमाथि ५–० को फराकिलो जित निकालेपछि इन्टरले फाइनलमा सेभियासँगको भेट पक्का गरेको हो ।

युरोपियन प्रतिस्पर्धामा इन्टरको यो जित क्लब इतिहास मै सबैभन्दा फराकिलो अन्तरको जित समेत थियो । उता सेभिया भने यसअघि नै दावेदार मानिएको म्यानचेष्टर युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...