अटेर गर्दा स्कटिस क्लबका आठ खेलाडीलाई भारी जरिवाना

एजेन्सी । स्कटिस प्रिमियरशिप क्लब एबरडिनका आठ खेलाडीहरुले कोभिड–१९ महामारीका बेला क्लबको नियम विपरित कार्य गरेको भन्दै भारी जरिवाना तिराइएको छ ।

स्मरण रहोस, क्लबका मुख्य खेलाडीहरु जोनी हाइस, माइकल डेवलिन, स्कट म्याककेना, म्याटी केनेडी, ब्रुस एन्डरसन लगायत क्लबका आठ खेलाडीहरु अगस्त १ तारीखका दिन बारमा पार्टी गर्न पुगेका थिए ।

बारमा पार्टी गर्न पुगेका ती आठ मध्ये दुई जनामा कोभिड–१९ पोजिटिभ भेटिएको थियो । त्यस्तै बाँकी ६ जनालाई आइसोलेसनमा राखिएको छ ।

यो रिपोर्ट बाहिर आएसँगै स्कटिस लिगतर्फ सेन्ट जोनस्टोन र सेन्ट मिरेन विरुद्धको खेल रद्द गर्नुपरेको थियो । घट्नापछि एबरडिनले खेलाडीहरुमाथि आवश्यक छानबिन समेत गरेको थियो ।

साथै दोषी पाइएका खेलाडीहरुमाथि भारी आर्थिक जरिवाना गरिएको थियो । यद्यपि कति रकम जरिवाना गरिएको हो त्यो भने खुलाइएको छैन । तर क्लबका अनुसार खेलाडीहरुबाट लिइएको उक्त जरिवाना रकम नेशनल हेल्थ सेन्टरलाई दान गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...