सरिना इङलिस महिला फुटबल टोलीको प्रशिक्षक बन्ने पक्का

एजेन्सी । इङल्याण्डको राष्ट्रिय महिला फुटबल टोलीले नयाँ प्रशिक्षकका रुपमा नेदरल्याण्डकी पूर्व चर्चित मिडफिल्डर सरिना विगमानलाई पाउने पक्का भएको छ ।

सरिनाले आगामी बर्षको सेप्टेम्बरदेखि इङलिस महिला फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने छिन् । स्रोतका अनुसार ५० बर्षिया सरिनाले इङल्याण्ड एफएसँग चार बर्षको सम्झौतामा सहमति जनाएकी छिन् ।

हाल नेदरल्याण्डको मुख्य प्रशिक्षकमा रहेकी सरिनाले टोक्यो ओलम्पिक पछि इङल्याण्डको जिम्मेवारी सम्हाल्ने छिन् । स्मरण रहोस, हाल इङलिस महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व इङलिस स्टार फिल नेभिल रहेका छन् । नेभिलको कार्यकाल सन् २०२१ को समरमा सकिंदैछ ।

उता नेदरल्याण्डको राष्ट्रिय महिला फुटबल टोलीका लागि १०३ अन्तर्राष्ट्रिय क्याप जितेकी सरिनाले देशका लागि खेलाडीका रुपमा भने खासै सफलता हासिल गर्न सकिनन् ।

यद्यपि सन् २०१७ मा सम्पन्न युरो च्याम्पियनसिप नेदरल्याण्डले जित्दा उनी टोलीकी प्रशिक्षक थिईन् । त्यस्तैउनले आफ्नै प्रशिक्षकीय जिम्मेवारीमा नेदरल्याण्डलाई गत बर्ष सम्पन्न फिफा महिला विश्वकपको फाइनलसम्म पुर्याएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...