आर्सनलमा आवद्ध भए ब्राजिलियन स्टार विलियन

एजेन्सी । चेल्सीसँगको सात बर्षे लामो यात्रा टुंग्याउँदै ब्राजिलियन स्टार मिडफिल्डर विलियन उत्तरी लण्डन क्लब आर्सनलमा आवद्ध भएका छन् ।

रिपोर्टअनुसार ३२ वर्षिय विलियनले आर्सनलसँग फ्रि ट्रान्सफरमा तीन वर्षको सम्झौता गरेका छन् । चेल्सीसँग विलियनको सम्झौता यसै सिजन समाप्त भएको थियो ।

चेल्सीले उनलाई नयाँ सम्झौताका लागि प्रस्ताव समेत गरेको थियो । तर स्रोतका अनुसार चेल्सीले भन्दा आर्सनलले गरेको प्रस्ताव आकर्षक भएपछि विलियनले उत्तरी लण्डन क्लबलाई रोजेका थिए ।

सन् २०१३ मा रसियन क्लब एन्जी माखाचख्लाबाट ३० मिलियन पाउण्डमा चेल्सी आएका विलियनले ब्लुजका लागि कुल ३३९ म्याच खेलेका थिए । चेल्सीमा रहँदा उनले पाँच मुख्य उपाधि जिते । त्यसमध्ये दुई प्रिमियर लिग र एक युरोपा लिग पनि सामेल थियो ।

स्टामफोर्ड ब्रीज बसाईका क्रममा विलियन क्लबका लागि दुईपटक बर्ष खेलाडी समेत घोषित भएका थिए । गत सिजन आर्सनलले प्रिमियर लिगको आठौं स्थानमा रहेर लिगको समापन गरेको थियो भने चेल्सी चौथो स्थानमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...