एजेन्सी । इङल्याण्डको पुरानो र सर्वाधिक प्रतिष्ठित मध्ये एक इङलिस एफए कपमा आगामी सिजन रिप्ले म्याच नहुने भएको छ । अर्थात एफए कपका खेलहरु नकआउट कै आधारमा हुने भएको छ । यो कुराको पुष्टी फुटबल एशोसिएशन (एफए) ले समेत गरेको छ ।
एफएका अनुसार आगामी सिजन प्रतियोगिताहरु सम्पन्न गर्न दबाबपुर्ण स्थिति नआओस भन्न कै लागि यो निर्णय लिएको जनाको छ । साथै अन्य घरेलु फुटबल प्रतियोगिताहरु सम्पन्न गर्न पनि समयानुकुल सहज होस भनेर यो निर्णय लिइएको बताइएको छ ।
FA Cup replays have been scrapped for the 2020-21 season, the Football Association has confirmed.
— Sky Sports (@SkySports) August 13, 2020
पुरस्कार राशीमा पनि कटौती
त्यस्तै आयोजकले आगामी सिजन २०२०–२१ का लागि एफए कपको पुरस्कार रकममा पनि कटौती गरेको छ । प्रतियोगिताको विजेताले आगामी सिजन १.८ मिलियन पाउण्ड हात पार्नेछन् ।
स्मरण रहोस, सन् २०१९–२० को विजेता आर्सनलले यस बर्ष एफए कपको उपाधि जित्दा ३.६ मिलियन पाउण्ड हात पारेको थियो ।