पूवै युभेन्टस र पिएसजी स्टार बेकह्यामको क्लबमा आवद्ध

एजेन्सी । फिफा विश्वकप २०१८ मा फ्रान्सलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका ब्लेस मेटुडी इङलिस लिजेण्ड डेभिड बेकह्यामको क्लब इन्टर मियामीमा आवद्ध भएका छन् ।

अमेरिकी क्लब मियामीमा आवद्ध हुने ३३ बर्षिय मेटुडी पहिलो हाइ प्रोफाइल खेलाडी समेत हुन् । स्मरण रहोस, मेटुडी र युभेन्टसबीच गत बुधबार मात्र सम्झौता रद्द गर्ने आपसी सहमति भएको थियो ।

सन् २०१७ मा युभेन्टसमा आवद्ध हुनु अघि मेटुडीले ६ सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) मा बिताएका थिए । त्यहाँ उनले मियामीका मालिक डेभिड बेकह्यामसँगै पिएसजीबाटै खेलेका थिए ।

फ्रेन्च मिडफिल्डर मेटुडीले मियामीमा आठ नम्बर जर्सी लगाउने क्लबले जनाएको छ । मेजर लिग सकरमा आफ्नो पहिलो सिजन खेलिरहेको मियामीले सबै पाँच खेलमा हार बेहोरेको छ ।

कोरोना भाइरस महामारीका कारण हालका लागि रोकिएको लिग यहि अगस्त २२ तारीखदेखि फेरि सुचारु हुँदैछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...