दुई दशकपछि पिएसजीको सेमिफाइनल यात्रा पक्का

एजेन्सी । खेलको अन्तिमतिर नाटकीय रुपमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्वोनमा भएको क्वाटरफाइनल भिडन्तमा पिएसजीले इटालियन प्रतिद्वन्द्वी एटलान्टालाई २–१ ले हरायो । यद्यपि खेलमा शुरुवाती अग्रता पिएसजीले नै लिएको थियो ।

खेलको २६औं मिनटमा मारियो पेसलिकले गोल गर्दै एटलान्टालाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफबाटै दबाबमा परेको पिएसजीले खेलको अन्तिमसम्म हार भने मानेन ।

खेल एटलान्टा कै पक्षमा जाने संघारमा पुग्दा ९०औं मिनटमा मार्किन्होजले पिएसजीका लागि बराबरी गोल फर्काए । लगतै इन्जुरी समयको ९०+३औं मिनटमा चुपो मोटिङे दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याए ।

अब पिएसजीले आरबी लिपजिग र एटलेटिको मेड्रिडको विजेतासँग आउँदो मंगलबार पहिलो सेमिफाइनल खेल्ने पनि पक्का भएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...