पिएसजीलाई सिजनको चौथो उपाधि (भिडियोसहित)

एजेन्सी । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको चौथो उपाधिका रुपमा फ्रेन्च लिग कप जित्न सफल भएको छ । पिएसजीले ६ बर्षपछि एकै सिजन चार घरेलु उपाधि जित्न सफल भएको हो ।

शुक्रबार सेन्ट डेनिसमा भएको फाइनल भिडन्तमा पिएसजीले लियोनमाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टीमा पिएसजीले नतिजा ६–५ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा अन्तिमतिर लियोनका राफेलले पिएसजीका एन्जल डि मारियालाई फल गर्दा रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । यद्यपि त्यसले निर्धारित समयको खेलमा लियोनलाई खासै प्रभाव भने परेन ।

पिएसजीले यसअघि लिग वान, फ्रेन्च कप र फेन्च सुपर कपको उपाधि जितिसकेको छ । समग्रमा पिएसजीले फ्रान्समा भएको पछिल्लो ३६ मध्ये २५ उपाधिमाथि कब्जा जमाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...