स्पेनिस प्लेमेकरका लागि ठूला क्लब अझै इच्छुक

एजेन्सी । म्यानचेष्टर सिटीका स्पेनिस स्टार मिडफिल्डर डेविड सिल्वा यस सिजनको अन्त्यसँगै इतिहाद स्टेडियम छोड्ने संघारमा छन् । एक दशकअघि भ्यालेन्सियाबाट म्यानचेष्टर आएका ३४ बर्षिय सिल्वाको सिटीसँगको सम्झौता यसै सिजनबाट समाप्त हुँदैछ ।

सिल्वाले यस सिजनको च्याम्पियन्स लिगतर्फ खेलेपश्चात नै सिटीसँगको आफ्नो सहकार्य टुंग्याउने बताइसकेका छन् । उमेरले तीन दशक काटिसकेका सिल्वालाई भित्राउन अझै पनि युरोपका केही ठूला क्लबहरुले इच्छुक छन् ।

त्यहि क्लबहरुको सूचीमा इटालियन जायन्ट लाजियो पनि सामेल छ । सिल्वाको स्थानान्तरणलाई लिएर लाजियोका निर्देशक इग्ली तारे शान्त छन् । तर रिपोर्टअनुसार लाजियोले सिल्वाका लागि आफ्नो क्लबको ढोका खुला रहेको जनाइसकेको छ ।

स्मरण रहोस, सन् २०१० मा म्यानचेष्टर सिटी आए यता यी स्टार मिडफिल्डरले क्लबसँग चार प्रिमियर लिग, दुई एफए कप र पाँच प्रतिष्ठित लिग कपको उपाधि जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...