प्रिमियर लिगमा बढुवा हुने संघारमा फुलह्याम

एजेन्सी । दुई बर्ष अघि दुर्भाग्यपुर्ण रुपमा रेलिगेशनमा परेको चर्चित लण्डन क्लब फुलह्याम फेरि प्रिमियर लिगमा बढुवा हुने संघारमा पुगेको छ ।

यस सिजन इङल्याण्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपतर्फ झिनो अन्तरले स्वतः प्रिमियर लिगमा बढुवा हुनबाट चुकेको फुलह्याम च्याम्पियनसिपको प्ले अफतर्फ फाइनलमा पुगेको छ ।

बिहीबार राती च्याम्पियनसिप प्ले अफको सेमिफाइनलतर्फ दोस्रो लेगमा फुलह्यामले घरमै कार्डिफसँग २–१ ले पराजित भए तापनि समग्रमा ३–२ को अग्रताका साथ फाइनलमा पुग्न सफल भयो ।

यसअघि कार्डिफको घरेलु मैदानमा भएको खेलमा फुलह्यामले २–० को जित निकालेको थियो । अब फाइनलमा फुलह्यामले ४ अगस्तका दिन ब्रेन्टफोर्डको सामना गर्नेछ । फाइनल खेल वेम्बली स्टेडियममा हुने तय भइसकेको छ ।

प्ले अफ फाइनल जित्ने टोली आगामी सिजनको प्रिमियर लिगका लागि बढुवा हुनेछ । यसअघि च्याम्पियनसिपतर्फ शिर्ष दुइृ स्थानमा रहेका लिडस युनाइटेड र वेस्ट ब्रोम प्रिमियर लिगमा स्वतः बढुवा भइसकेका छन् । लिडस च्याम्पियनसिप लिग विजेता समेत बन्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...