इङल्याण्ड आगामी बर्ष अमेरिका नजाने

एजेन्सी । इङल्याण्डको राष्ट्रिय महिला फुटबल टोली आगामी बर्ष हुने सीबिलिभ्ज कप महिला च्याम्पियनसिप खेल्न अमेरिका नजाने भएको छ । यो कुराको पुष्टी फुटबल एसोसिएशन (एफए) ले समेत गरेको छ ।

रिपोर्टअनुसार हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को अनिश्चित त्रासलाई मध्यनजगर गर्दै एफएले सो निर्णय लिएको बताइएको छ ।

स्मरण रहोस, सन् २०१६ मा पहिलोपटक प्रतियोगिताको शुरुवात भए यता इङल्याण्डले निरन्तर सहभागिता जनाउँदै आएको थियो । त्यति मात्र नभएर गत बर्ष अमेरिका मै सम्पन्न प्रतियोगिताको चौथो संस्करण इङल्याण्डले जितेको थियो ।

यद्यपि यस बर्षको शुरुवाततिर (मार्च ५–११ सम्म) अमेरिका मै भएको प्रतियोगिताको पाँचौं संस्करणको उपाधि आयोजक अमेरिकाले किर्तिमानी तेस्रोपटक जित्न सफल भएको थियो ।

पाँचौं संस्करणमा भने इङल्याण्डले तेस्रो स्थानमा चित्त बुझाएको थियो । त्यसक्रममा इङल्याण्डले सेमिफाइनलमा स्पेनसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको थियो ।

स्मरणीय छ, सीबिलिभ्ज कप अमेरिकामा वार्षिक रुपमै आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हो । प्रतियोगितामा हालसम्म आयोजक अमेरिका र इङल्याण्ड बाहेक फ्रान्स, जर्मनी, जापान, ब्राजील र स्पेनले सहभागिता जनाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...