युभेन्टससँग दुई स्टार भेट्रानको नयाँ सम्झौता

एजेन्सी । इटालियन च्याम्पियन युभेन्टसका दुई स्टार भेट्रान जियानलुईगी बुफोन र कप्ताज जर्जियो चेलीनीले क्लबसँग थप नयाँ सम्झौता गरेका छन् । स्रोतका अनुसार दुवै खेलाडीले क्लबसँग एक–एक बर्षको नयाँ सम्झौता गरेका हुन् ।

स्मरण रहोस, ४२ बर्षे लिजेण्डरी गोलरक्षक बुफोनको युभेन्टसमा यो दोस्रो स्पेल हो । यसअघि बुफोनले सन् २०१८ मा युभेन्टससँगको १७ बर्ष लामो यात्रा टुंग्याउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका थिए । त्यसपछि एक सिजन पिएसजीमा बिताएका बुफोन गत बर्ष फेरि युभेन्टस फर्किएका थिए ।

उता ३५ बर्षे डिफेन्डर चेलिनी १५ बर्षदेखि युभेन्टसमा आवद्ध छन् । क्लबको नियमित कप्तान समेत रहेका चेलिनीले युभेन्टसका लागि आठ सिरि ए उपाधि तथा चार कोपा इटालियाको उपाधि समेत जितेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...