सेटिनलाई बर्खास्त गर्ने योजनामा बार्सा

एजेन्सी । यस सिजन तुलनात्मक रुपमा एकनासको प्रदर्शन गर्न नसकेको स्पेनिस जायन्ट बार्सिलोनाले आफ्नो वर्तमान म्यानेजर क्विके सेटिनलाई सिजनको समाप्तीसँगै बर्खास्त गर्ने योजनामा रहेको बताइएको छ ।

स्रोतका अनुसार हाल खस्किएको बार्साको प्रदर्शनमा सिजनको अन्तिमसम्म सुधार आउन नसके क्लबले सेटिनलाई बर्खास्त गर्ने योजना बनाएको बताइएको छ ।

गत जनवरीमा मात्र अर्नेष्टो भाल्भेर्डेको स्थानमा नोउ क्याम्प आएका सेटिनले क्लबको ड्रेसिङ रुमलाई नियन्त्रणमा राख्न नसकेको धेरैको ठम्याई छ । साथै क्लबका बोर्ड सदस्यहरु पनि हाल बार्सिलोनाको प्रदर्शनबाट सन्तुष्ट छैनन् ।

खबर अनुसार सेटिनको खेल रणनीतिलाई लिएर बार्साका लियोनल मेसी, जेरार्ड पिके जस्ता मुख्य खेलाडीहरु खुशी छैनन् । जनवरीमा बार्सासँग दुई बर्षको सम्झौता गरेका सेटिनले २०१९–२० को सिजनको अन्तिमसम्म क्लबको अपेक्षा अनुकुल नतिजा र प्रदर्शनलाई कायम राख्न नसके नोउ क्याम्पको सेटिनको भविष्य समाप्त हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...