युभेन्टस र बार्सिलोना बीच महँगो डील सम्पन्न

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोना र इटालियन च्याम्पियन युभेन्टसबीच दुई मिडफिल्डरद्वय आर्थर र मिरालेम पेनिकबीचको स्वाप डील पूरा भएको छ ।

स्रोतका अनुसार दुवै खेलाडीले आइतबार मेडिकल समेत पूरा गरेका छन् । साथै दुवै क्लबले यो सम्झौताबारे सोमबार आधिकारिक रुपमा घोषणा गर्ने बताइएको छ ।

स्मरण रहोस, यो डीललाई लिएर बार्सिलोना र युभेन्टसबीच यसै साता सम्झौता बनेको थियो । रिपोर्टअनुसार आर्थर ७० मिलियन युरोमा युभेन्टस पुगेका छन् भने मिरालेम ६० मिलियन युरोमा बार्सिलोनामा आवद्ध भएका हुन् । आधिकारिक रुपमा सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै खेलाीले मेडिकल समेत पास गरेका छन् ।

आर्थरले युभेन्टससँग पाँच बर्षका लागि सम्झौता गरेको बताइएको छ । त्यसवापत उनले प्रत्येक सिजन ५ मिलियन युरो कमाउने छन् । यद्यपि यी दुवै खेलाडीले तत्कालका लागि बाँकी सिजनसम्म वर्तमान क्लब मै रहने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...