बार्सिलोना र रियलको ध्यान अर्को ब्राजिलियन स्ट्राइकरमाथि

बार्सिलोना र रियल मड्रिड ब्राजिलका १६ बर्षीय स्ट्राइकर भिनिसस जुनियर प्रति आकषिर्त देखिएका छन् । भिनिसस पनि कोपा साओ पाउलो युथ प्रतियोगिताबाट आएका हुन्, जहाँबाट नेइमार, ओस्कार लगायतका स्टारहरुको युरोप प्रस्थानको सुरुवात भएको थियो ।

सन् २०१३ मा नेइमारलाई अनुबन्ध गर्ने समयमा स्पेनका दुई महारथी क्लवहरु बीचबीच ठूलो होडबाजी हुँदा अन्ततः बार्सिलोनाले बाजी मारेको थियो । अहिले बार्सिलोना र रियल अर्को ब्राजिलियन स्ट्राइकरलाई अनुबन्ध गर्न होडबाजीमा उत्रेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

यी लेफ्ट विंगरले हालै सम्पन्न दक्षिण अमेरिकी अण्डर सेभेन्टिन फुटबल च्याम्पियनसीपमा सर्बाधिक गोलकर्ताको उपाधि जितेका थिए ।  इंग्लिस क्लवहरु आर्सनल र चेल्सीपनि भिनिसससँग जोडिएका छन् । एक स्वतन्त्र खवरका अनुसार गत जनवरीमा म्यान्चेस्टर युनाइटेडको प्रस्ताव उनको क्लव फ्लेमिङगोले अस्वीकार गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...