प्रिमियर लिगका तीन क्लबमा कोरोना संक्रमणको पुष्टी

एजेन्सी । आगामी महिनादेखि फुटबल सुचारु गर्ने तयारीमा लागेको प्रिमियर लिगलाई दुई दिनमा नराम्रो झट्का लागेको छ । ताजा रिपोर्ट बाहिर आए अनुसार आइतबार र सोमबार गरि इङलिस प्रिमियर लिगका तीन क्लबहरुमा ६ कोरोना संक्रमितहरुको पुष्टी भएको छ ।

रिपोर्टअनुसार नाम उल्लेख नगरिएका खेलाडी वा स्टाफहरुमा कोभिड–१९ पोजिटिभ पाइएको हो । साथै उनीहरुलाई अब सात देखि आइसोलेसनमा बस्नुपर्ने समेत बताइएको छ ।

स्मरण रहोस, प्रिमियर लिगका क्लबहरु एकल अभ्यासमा फर्कने तयारीमा छन् । गत १३ मार्च देखि रोकिएको प्रिमियर लिग आगामी महिनादेखि शुरु गर्ने लक्ष्य लिइएको थियो । प्रिमियर लिगमा अब कुल ९२ खेलहरु खेल्न बाँकी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...