फेरि मैदानमा फर्किन उत्साहित छन् मेसी

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले यदि आगामी महिनादेखि ला लिगा शुरु भए आफू अन्य खेलाडीहरुसँग मैदानमा उत्रिन सहज महशुस गर्ने बताएका छन् ।

स्मरणीय छ, ला लिगाका अध्यक्ष जेभियर तेबासले कोरोना भाइरस महामारीका कारण रोकिएको ला लिगा जुन १२ तारीखदेखि सुचारु गर्न उपयुक्त रहेको बताइसकेका छन् ।

स्पेनमा हाल पाँच खेलाडीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै अन्य खेलाडीहरुलाई भने एकल अभ्यास गर्न अनुमति दिइएको छ ।

मेसीले भनेका छन्, “संक्रमणको डर त सबैतिर छ । यदि तपाईं घरबाट बाहिर निस्किनु हुन्छ भने त्यसमा जोखिम नै हुन्छ । यसबारे धेरै सोच्न हुँदैन, नत्र तपाईंलाई कतै जान मन नै लाग्ने छैन ।” साथै मेसीले दर्शकहरु बिना खेल्दा केही अनौठो महशुस हुने समेत प्रतिक्रिया दिए ।

त्यस्तै उता अष्ट्रेलियाको शिर्ष फुटबल लिग ११ जुनदेखि शुरु हुने भएको छ । अष्ट्रेलियामा पनि मार्चददेखि फुटबल गतिविधी स्थगित छ । साथै लिगमा सहभागि १८ क्लबका खेलाडीहरुलाई २५ मईदेखि पूरा अभ्यासमा फर्कन अनुमति समेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...