युइएफएको युरोपियन भिडन्त अगस्तमा सम्पन्न गर्ने योजना

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष अलेक्जेन्डर सेरेफिनका अनुसार युइएफएसँग युरोपियन प्रतियोगिताहरु अगस्त महिनासम्म सम्पन्न गर्ने ठोस योजना रहेको बताएका छन् ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि युइएफए च्याम्पियन्स लिग र युरोपा लिग अगस्तमा हुन सक्ने खबर प्रकाशित गरेका थिए । क्वाटरफाइनल र सेमिफाइनल दुई लेगको हुने समेत बताइएको छ ।

युइएफए अध्यक्ष सेरेफिनका अनुसार युरोपियन प्रतियोगिता शुरु भयो भने तापनि खेलहरु दर्शकविहीन खाली रंगशालामा खेलाइने योजना रहेको समेत बताए ।

स्मरण रहोस, कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत मार्च १३ तारीखदेखि च्याम्पियन्स लिग, युरोपा लिग र प्रिमियर लिग स्थगित छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...