क्लब ब्रुगी बेल्जियन च्याम्पियन घोषित

एजेन्सी । सिजन २०१९–२० का लागि क्लब ब्रुगी बेल्जियन फुटबल लिगको च्याम्पियन बनेको छ । कोरोना भाइरस महामारीका कारण बेल्जियममा गत महिना मात्र लिग स्थगित गरिएको थियो ।

च्याम्पियन बनेको ब्रुगी एक खेल खेल्न बाँकी रहँदा दोस्रो स्थानमा रहेको जेन्ट भन्दा १५ अंकले अगाडी थियो । ब्रुगीको यो समग्रमा १७औं लिग उपाधि हो । साथै पछिल्ला पाँच सिजनमा तेस्रो उपाधि समेत हो ।

लिग विजेता घोषणा भएसँगै क्लब ब्रुगीले आगामी सिजनको प्रतिष्ठित च्याम्पियन्स लिगमा पनि स्थान सुरक्षित गर्न सफल भएको छ । स्मरण रहोस, कोभिड–१९ का कारण युरोपमा शिर्ष फुटबल लिग स्थगित गर्ने बेल्जियम पहिलो देश समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...