इङलिस फुटबलको ‘प्रोजेक्ट रि–स्टार्ट’

एजेन्सी । इङल्याण्डको प्रतिष्ठित इङलिस प्रिमियर लिग (इपिएल) फुटबल प्रतियोगिता फेरि सूचारु गर्ने लक्ष्य तदारुकताका साथ शुरु गरिएको छ । स्मरण रहोस, कोरोना भाइरस महामारीका कारण प्रिमियर लिग गत मार्च १० देखि स्थगित छ ।

‘प्रोजेक्ट रि–स्टार्ट’ अनुसार अब सम्बन्धित क्लबका खेलाडीहरुका लागि नयाँ अभ्यास प्रोटोकल जारी गरिएको छ । यसबारे लिगमा सहभागी सबै २० क्लबहरुलाई जानकारी समेत गराइसकिएको छ ।

साथै प्रोफेशनल फुटबल एसोसिएशन, मेडिकल स्टाफ र सरकारबीच छिटै बैठक हुने समेत बताइएको छ । रिपोर्टअनुसार ‘कन्ट्याक्ट ट्रेनिङ’का लागि पनि सरकारसँग अनुमति लिनुपर्नेछ । स्रोतका अनुसार प्रिमियर लिग १२ जुनदेखि सूचारु हुन सक्ने सम्भावना छ ।

अभ्यासका नयाँ नियमहरु

प्रत्येक अभ्यास सत्र पश्चात् बल, कर्नर फ्लेग, कोन्स, गोलपोष्ट र मैदानलाई सेनिटाइज गरिनेछ । सातामा दुईपटक खेलाडीहरुको परिक्षण गरिने समेत बताइएको छ ।

लक्षण वा बिना लक्षण पनि कुनै खेलाडीमा कोभिड–१९ पोजिजिभ देखिए सात दिन आइसोलेसनमा बस्नुपर्नेछ । साथै अभ्यास शुरु गर्नुअघि प्रत्येक दिन खेलाडीहरुको तापक्रम पनि चेक गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...