च्याम्पियन्स लिग, युरोपा लिगको फाइनल स्थगित

 

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले प्रतिष्ठित च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगको फाइनल आधिकारिक रुपमै स्थगित गरेको छ । साथै अब उक्त फाइनल खेलहरु कहिले हुने भन्नेबारे नयाँ मिति समेत तोकेको छैन ।

रिपोर्टअनुसार युइएफएले स्थगित गरिएका ती फाइनलहरु नहुन पनि सक्ने बताएको छ । हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसकै कारण फुटबल जगत नै ठप्प भईरहेको अवस्थामा युरोपियन क्लब एशोसिएशनले आफू मातहतको प्रतियोगिता आयोजनाबारे बैठक बसेको थियो ।

सोही बैठकले च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगको फाइनल स्थगित गर्ने निर्णय गरेको हो । स्मरण रहोस, यसअघि फाइनल मिति मई महिनादेखि सारेर जुन २४ र २७ तारीखमा पुर्याइएको थियो । हाल आएर अब त्यो फाइनल मिति पनि स्थगित भएपछि प्रतियोगिताको निरन्तरताबारे नै थप अन्यौलता थपेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...