सडक दुर्घट्नामा दुई फुटबलरको निधन

एजेन्सी । सडक दुर्घट्नामा परि दुई नाइजेरियन खेलाडीद्वय इफिनी जर्ज र इमानुएल ओग्बुले दुर्भाग्यपुर्ण रुपमा ज्यान गुमाएका छन् । रिपोर्टअनुसार उक्त दुर्घट्नामा यी दुई खेलाडीबाहेक उनीहरुसँगै यात्रा गरिरहेका अर्का साथी इटेका ग्याब्रियलको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टअनुसार उनीहरु नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसतर्फ जाने क्रममा आइतबार बिहान कार दुर्घट्नामा परेका थिए । मृत्यु हुने मध्ये इफिनीले नाइजेरियाको राष्ट्रिय टोलीबाट समेत खेलेका थिए । साथै इफिनी र ओग्बुले नाइजेरियन लिगमा इनुगु रेन्जर्सबाट व्यवसायीक फुटबल खेलिरहेका थिए ।

यद्यपि हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कै कारण नाइजेरियन लिग रोकिएको बेला उनीहरु छुट्टिको समय बिताउन शहर बाहिर पुगेको बताईन्छ । स्रोतका अनुसार उनीहरुले यात्रा गरिरहेको कार बाटोमा पार्किङ गरिएको ट्रकसँग जुध्न पुगेको बताइएको छ ।

उनीहरुको निधनमा इनुगु रेन्जर्स तथा नाइजेरियन फुटबल फेडरेशनले पनि दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...