हल्कले गरे आफ्नै पूर्व श्रीमतीकी भतिजीसँग बिहे

एजेन्सी । चर्चित ब्राजिलियन फुटबलर हल्कले आफ्नै पूर्व श्रीमतीकी भातिजीसँग बिहे गरेको खबर अहिले चर्चामा छ । ३३ बर्षे हल्कले गत डिसेम्बरमा मात्र आफू अर्को रिलेशनसिपमा रहेको खुलासा गरेका थिए ।

साथै हल्कको यो विवाहलाई आकस्मिक विवाहको संज्ञा समेत दिइएको छ । उनले गत बर्षको जुलाईमा मात्र आफ्नो पूर्व श्रीमती इरान एन्जेलोसँगको १२ बर्षे वैवाहिक जिवनको अन्त्य गरेका थिए ।

त्यसलगतै हल्कले आफ्नै श्रीमतीकी भतिजी क्यामिला एन्जेलोसँग प्रेम सम्बन्धमा रमाइरहेको खबर डिसेम्बरमा सार्वजनिक भएको थियो । साथै सोही अवसरमा उनीहरु गत बर्ष कै अक्टुबरबाट प्रेमसम्बन्धमा रहेको खबर पनि खुलासा भएको थियो ।

हल्कले आफ्नो सामाजिक सञ्जालको बायोमा क्यामिलासँग बिहे गरेको कुरा पुष्टी गरिसकेको मिरर फुटबलले जनाएकोछ । साथै यी दुई जोडीले बिहेमा लगाउने वेडिङ रिङ (औंठी) पनि लगाएको रिपोर्टको दावी छ ।

एफसी पोर्टो र जेनिथ सेन्ट पिटर्सबर्ग जस्ता युरोपियन क्लबबाट खेलिसकेका हल्क हाल चाइनिज सुपर लिग क्लब सांघाई सिप्जमा आवद्ध छन् । रिपोर्टअनुसार उनले क्यामिलासँग आकस्मिक विवाह गर्नुको कारण पनि उनलाई चीनमा बस्नका लागि भिसाको व्यवस्था मिलाउनु रहेको बताईन्छ ।

हाले पनि यी दुई चीनमा सँगै बसिरहेका छन् । हल्क र क्यामिलाबीचको सम्बन्धबारे उनको पूर्व श्रीमती र परिवारलाई पनि थाहा छ । त्यति मात्र नभएर पूर्व श्रीमतीबाट जन्मिएका तीन सन्तानलाई पनि उनको क्यामिलासँगको नयाँ सम्बन्धबारे जानकारी रहेको बताईन्छ ।

स्मरण रहोस, हल्क र क्यामिलाले समय समयमा आफ्ना विभिन्न तस्विरहरु पनि सार्वजनिक गर्दैै आइरहेका छन् । स्मरण रहोस, हल्कले ब्राजीलका लागि ४७ अन्तर्राष्ट्रिय क्याप जितेका छन् भने राष्ट्रिय टोलीका लागि सन् २०१२ को ओलम्पिक र सन् २०१४ को फिफा विश्वकप समेत खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...