लिग कपमा सिटीको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले प्रतिष्ठित काराबाओ कप (लिग कप) माथि ह्याट्रिक जमाएको छ । आइतबार अबेर राती सम्पन्न फाइनल खेलमा सिटीले एस्टन भिल्लाको चुनौति २–१ ले समाप्त पार्दै उपाधिमाथि ह्याट्रिक जमाएको हो ।

लण्डन स्थित वेम्बली स्टेडियममा भएको खेलमा सबै गोल पहिलो हाफ मै सम्पन्न भए । सर्जियो एग्वेरोले २०औं मिनटमा गरेको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । लगतै ३०औं मिनटमा रोड्रिले त्यो अग्रता दोब्बर पारे ।

उता भिल्लाका लागि एली समाटाले ४१औं मिनटमा एक गोल फर्काए तापनि टोलीको हारलाई भने टार्न सकेनन् । स्मरण रहोस, सिटीले गत सिजन ऐतिहासिक रुपमा प्रिमियर लिग, एफए कप र लिग कपको ट्रीपल उपाधिमाथि समेत कब्जा जमाएको थियो ।

साथै लिग कप लगातार तीनपटक जित्ने सिटी दोस्रो टोली हो । यसअघि सन् १९८०–८१ देखि सन् १९८३–८४ सम्म लिभरपुलले यो उपाधि लगातार तीनपटक जितेको थियो । लिग कप सर्वाधिक आठपटक जित्ने लिभरपुल एक्लो टोली भने सातपटक जितेको सिटी दोस्रो टोली समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...