एल क्लासिकोमा रियल सफल (भिडियोसहित)

एजेन्सी । बहुप्रतिक्षित स्पेनिस एल क्लासिकोमा रियल मेड्रिडले जित निकाल्दै फेरि शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती घरेलु मैदान सान्टियागो बर्नबेयुमा भएको खेलमा रियलले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई २–० ले हरायो ।

रियलले दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो गोल ७१औं मिनटमा भिनिसियस जुनियरले गरे । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मारियानो डियाजले इन्जुरी समयको ९०+२औं मिनटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

यो जितसँगै २६ खेलबाट ५६ अंक जोडेको रियल शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बार्सिलोना भने ५५ अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...