पुछारको नर्विचसँग लेस्टर स्तब्ध (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगमा गत सिजन मात्र बढुवा भएको नर्विच सिटी हाल रेलिगेशन क्षेत्रको पुछारमा रहेर संघर्ष गरिरहेको छ । यद्यपि प्रिमियर लिगतर्फ शुक्रबार भएको एक मात्र खेलमा नर्विचले सनसनीपूर्ण जित निकाल्दै लिगमा आफू जोगिने सम्भावनालाई कायम राखेको छ ।

घरेलु मैदान क्यारो रोडमा भएको जित्नै पर्ने अहम खेलमा नर्विचले तेस्रो स्थानको टोली लेस्टर सिटीमाथि १–० को सनसनीपुर्ण जित हात पार्यो । दोस्रो हाफको ७०औं मिनटमा जमल लेविसले गरेको एक मात्र गोल नर्विचलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै २८ खेलबाट २१ अंक जोडेको नर्विच पुछार मै छ, तर रेलिगेशन क्षेत्रभन्दा बाहिर रहेको एस्टन भिल्ला भन्दा ४ अंकले मात्र पछि । उता पराजित लेस्टर भने ५० अंकका साथ तेस्रो स्थान मै यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...