युरोपियन भिडन्तमा युभेन्ट्सलाई धक्का (भिडियोसहित)

एजेन्सी । क्रिष्टियानो रोनाल्डो, पाउलो डायबला जस्ता स्टार खेलाडीहरुसहित उत्रिएको युभेन्ट्सले च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा स्तब्धपुर्ण हार बेहोरेको छ ।

बुधबार राती भएको खेलमा युभेन्ट्सले फ्रेन्च क्लब लियोनसँग उसकै घरमा पहिलोपटक १–० को हार बेहोर्यो । पहिलो हाफको ३१औं मिनटमा लुकास टुसार्टले गरेको एक मात्र गोल युभेन्ट्सलाई निराश बनाउन प्रर्याप्त बन्यो ।

युरोपियन प्रतिस्पर्धामा युभेन्ट्स माथि लियोनको यो पहिलो र ऐतिहासिक जित थियो । अब दोस्रो लेगको खेल माच १७ तारीखका दिन युभेन्ट्सको घरेलु मैदान आलिआन्ज एरिनामा हुनेछ । जहाँ लियोनले कडा चुनौतिको सामना गर्नुपर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...