रियल विरुद्ध सिटीको उत्कृष्ट पूनरागमन (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ सर्वाधिक सफल क्लब रियल मेड्रिडले घरेलु मैदान मै स्तब्धपुर्ण हार बेहोरेको छ । सान्टियागो बर्नबेयुमा भएको पहिलो लेगको खेलमा दश खेलाडीमा सिमित रियलले म्यानचेष्टर सिटीसँग १–२ को निराशाजनक हार बेहोर्यो ।

खेलमा सबै गोल दोस्रो हाफमा भए । यद्यपि गोलको शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको रियलले अन्ततः हार स्वीकार्न बाध्य भयो । ६०औं मिनटमा इस्कोको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो । तर ७८औं मिनटमा ग्याब्रिंयल जिसुसले सिटीका लागि बराबरी गोल फर्काएका थिए ।

त्यस्तै ८३औं मिनटमा केभिन डि ब्रुईनले सिटीका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता खेल सकिन पाँच मिनट बाँकी छँदा रियल थप समस्यामा पर्न पुगेको थियो । कप्तान सर्जियो रेमोसले जिसुसलाई फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए ।

तर पनि सिटीले त्यसको फाईदा उठाउन भने सकेन । यद्यपि क्लब इतिहास मै सिटीले पहिलोपटक रियललाई हराउन भने सफल भएको छ । अब दोस्रो लेगको खेल १७ मार्चका दिन सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...