अन्ततः चेल्सी र जिएचबीच सहमति

एजेन्सी । लण्डन क्लब चेल्सी र मोरक्कन मिडफिल्डर तथा विंगर हकिम जिएचबीच उनको स्थानान्तरणलाई लिएर व्यक्तिगत सहमति भएको छ । रिपोर्टअनुसार क्लब र खेलाडीबीच सहमति भईसके तापनि तत्कालका लागि जिएच वर्तमान क्लब एजाक्स मै रहनेछन् ।

यद्यपि आउँदो समर ट्रान्सफरमा उनी स्टामफोर्ड ब्रीज पुग्ने छन् । बीबीसीका अनुसार चेल्सीले २६ बर्षे जिएचका लागि डच क्लब एजाक्सलाई ४० मिलियन युरो तिरेको छ । स्मरण रहोस, चेल्सीले जिएचलाई अनुबन्ध गर्न गत नोभेम्बरबाट नै प्रयासरत थियो । साथै यसअघि पनि चेल्सीले जिएचलाई अनुबन्ध गर्न सहमति बनिसकेको आधिकारिक रुपमै जानकारी दिएको थियो ।

उता जिएचले चेल्सीले ठूलो क्लबमा आवद्ध रहेर व्यवसायीक फुटबल खेल्न पाउँदा खुशी व्यक्त गरे । जिएचले यस सिजन एजाक्सका लागि समग्रमा ९ गोल गरेका छन् । त्यसमध्ये गत नोभेम्बरमा च्याम्पियन्स लिगतर्फ चेल्सी विरुद्ध एजाक्सले ४–४ गोलको बराबरी खेल्दा उनले ३ गोलका लागि अवसर मिलाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...