रियलसँग बार्सिलोनाको अंक बराबरी

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता बार्सिलोनाले शनिबार राती भएको खेलमा साँघुरो जित निकाल्दै लिगलिडर रियल मेड्रिडसँग अंक बराबरी गरेको छ ।

घरेलु र्मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–१ को जित निकाल्यो । पहिलो हाफतर्फ दश मिनट भित्र गरेको दुई गोलको सहयोग मै बार्साले साँघुरो जित हात पार्यो ।

३३औं मिनटमा लियोनल मेसीको सटिक पासमा एन्टोइन ग्रीजम्यानले पहिलो गोल गरे । लगतै ३९औं मिनटमा सर्जि रोबर्टोले बार्सिलोनाका लागि दोस्रो तथा निर्णायक गोल गरे ।

उता दोस्रो हाफको ६६औं मिनटमा एन्जल रोड्रिगेजले उत्कृष्ट गोल फर्काए तापनि गेटाफेको हार भने टार्न सकेनन् । एन्जलले जेमी माटाको क्रस पासमा आकर्षक भली गोल गरेका थिए ।

यो नतिजापछि २४ खेलबाट ५२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । उता एक खेल कम खेलेको रियल समान अंकका साथ शिर्ष स्थानमा छ । र, आइतबार सेल्टा भिगोलाई हराए रियलले फेरि ३ अंकको स्पष्ट अग्रता बनाउन सफल हुनेछ । त्यस्तै पराजित गेटाफे भने ४२ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...