सिटीलाई दुई बर्षको प्रतिबन्ध

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटीलाई युरोपियन प्रतिस्पर्धामा भिड्न नपाउने गरी दुई बर्षका लागि प्रतिबन्ध लागेको छ । यसको अर्थ सिटीलै आगामी दुई सिजन च्याम्पियन्स खेलन नपाउने निश्चित भएको छ ।

फाइनान्सियल फेयर प्लेको नियम उल्लघंन गरेको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सिटीमाथि २ बवर्षसम्म कुनै पनि युरोपियन प्रतिस्पर्धामा खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्ध आगामी सिजनको शुरुवातदेखि लागु हुनेछ । त्यति मात्र नभएर सिटीलाई ३० मिलियन युरो जरिवाना समेत तिराइएको छ । यद्यपि सिटीले खेलकुद सम्बन्धी अदालतमा यसबारे अपिल गर्न पाउने बताइएको छ ।

उता सिटीले युइएफएको निर्णयले आफूहरुलाई आश्चर्यमा नपरेको बताएको छ । यद्यपि यो निर्णय दुःखद रहेको प्रतिक्रिया दिएको छ । स्रोतका अनुसार सिटीले प्रिमियर लिगमा कारवाहीको सामना गर्न सक्छ । कारवाही स्वरुप सिटीले प्रिमियर लिगमा अंक गुमाउन सक्ने बताइएको छ ।

रिपोर्टअनुसार युइएफए र प्रिमियर लिगको फाइनान्सियल फेयर प्ले नियम उस्तै उस्तै रहेको बताइएको छ । यद्यपि यो कारवाही सिटीको महिला फुटबल टिममा भने लागु नहुने स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...