रोनाल्डोको गोलले जोगियो युभेन्ट्स (भिडियोसहित)

एजेन्सी । इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलले युभेन्ट्स प्रतिष्ठित कोपा इटालियाको सेमिफाइनलतर्फ पहिलो लेगमा सम्भावित हार नजिक पुगेर पनि जोगिएको छ ।

दश खेलाडीमा सिमित एसी मिलानसँग युभेन्ट्सले मिलान कै घरमा भएको खेलमा १–१ को बराबरी खेल्न सफल भएको हो । खेलको ६१औं मिनटमा एन्टे रेबिकले भली गोल गर्दै एसी मिलानलाई खेलमा अग्रता दिलाएका थिए ।

त्यसको दश मिनट लगतै ७१औं मिनटमा थियो हर्नान्डेजले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि मिलान दश खेलाडीमा सिमित भएको थियो । यद्यपि खेलमा मिलानका लागि भार (भिडियो एसिस्टेन्ट रेफ्री) बाधक बन्यो ।

खेलको अन्तिमतिर युभेन्ट्सले पेनाल्टीको अवसर पायो । जसलाई इन्जुरी समयको ९१औं मिनटमा रोनाल्डोले गोलमा परिणत गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

अब सेमिफाइनलतर्फ दोस्रो लेगको खेल माच ४ तारीखका दिन युभेन्ट्सको घरेलु मैदान तुरीनमा हुनेछ । त्यस्तै अर्को सेमिफाइनलको पहिलो लेगमा लाजियोले इन्टर मिलानलाई १–० ले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...