“टोक्यो ओलम्पिकको सलाहको सहभागिता लिभरपुल र सलाह कै हातमा”

एजेन्सी । इजिप्शयन स्टार मोहमद सलाहले टोक्या ओलम्पिक खेल्ने नखेल्ने कुरा स्वयम् सलाहले र उनको क्लब लिभरपुलले निर्णय लिने विषय रहेको इजिप्टका मुख्य प्रशिक्षक शकि घारिबले बताएका छन् ।

स्मरणीय छ, यसै बर्ष जापानमा हुन गईरहेको बह्ुप्रतिक्षित टोक्यो ओलम्पिकका लागि ५० सदस्यीय इजिप्टको प्रारम्भिक टोलीको सूचीमा २७ बर्षे सलाहको नाम पनि समावेश गरिएको छ ।

टोक्यो ओलम्पिकमा पुरुष फुटबलतर्फको प्रतिस्पर्धा ८ अगस्तका दिन समापन हुँदैछ । साथै सोही दिनदेखि प्रिमियर लिग २०२०–२१ को नयाँ सिजन पनि शुरु हुने तय भएको छ ।

उता इजिप्टका प्रशिक्षक घारिब भन्छन्, हामी सलाहलाई ओलम्पिकमा खेल्न पर्छ भनेर दबाब दिने छैनौं । यो निर्णय स्वयम् सलाह र लिभरपुलका म्यानेजर यर्गन क्लपको निर्णयको कुरा हो ।

ओलम्पिकमा सहभागी देशहरुले यु–२३ टोली उतार्नु पर्ने प्रावधान छ । यद्यपि त्यसमा तीन सिनियर खेलाडीहरुलाई पनि समावेश गर्न सकिने नियम पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...