बार्सिलोनालाई अर्को महँगो झट्का

एजेन्सी । स्टार फरवार्ड लुइस सुआरेज बिना हाल मैदानमा संघर्ष गरिरहेको स्पेनिस जायन्ट बार्सिलोनालाई फेरि अर्को ठूलो चोटको झट्का लागेको छ । रिपोर्टअनुसार चर्चित फ्रेन्च विंगर उसमाने डेम्बेले ६ महिनाका लागि मैदान बाहिर रहने भएका छन् ।

सन् २०१८ को विश्व च्याम्पियन समेत रहेका २२ बर्षे डेम्बेले दुई बर्ष अघि बोरुसिया डर्टमुण्डबाट नोउ क्याम्पमा आएका थिए । क्याटलन शहरमा आए यता उनको खुट्टामा पटक–पटक चोट बल्झिने गरेको खबर यस अघि पनि बाहिर आइरहेका थिए ।

तर हाल ताजा रिपोर्टअनुसार डेम्बेलेको गम्भिर ह्यामस्टिङ चोटका कारण उनी ६ महिना मैदान बाहिर रहने निश्चित भएको छ । स्रोतका अनुसार उनको चोटको शल्यक्रिया गरिएको छ ।

यसको अर्थ उनले यसै बर्ष हुन गईरहेको प्रतिष्ठित युरो च्याम्पियनसिप पनि गुमाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...