प्यालेसमाथि इभर्टनको प्रभावशाली जित

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ इभर्टनले शनिबार भएको खेलमा प्रभावशाली जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुलेको छ । घरेलु मैदानमा भएको खेलमा इभर्टनले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो ।

खेलमा शुरुवातबाटै प्रभाव जमाएको इभर्टनका लागि १८औं मिनटमा बर्नार्डले पहिलो गोल गरे । थियो वाल्कटले मिलाइएको सुन्दर क्रसलाई बर्नार्डले गोलमा परिणत गरेका थिए ।

यद्यपि दोस्रो हाफमा खेलमा फर्कने संकेत देखाएको प्यालेसका लागि ५१औं मिनटमा क्रिष्टियन बेन्टेकेले बराबरी गोल फर्काए । तर, पाहुना टोलीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।

उता ५८औं मिनटमा रिचार्लिसनले इभर्टनका लागि दोस्रो गोल गरे र टोलीलाई फेरि खेलमा अग्रता दिलाए । त्यस्तै ८८औं मिनटमा डोमिनकि कल्भर्ट लेविनले इभर्टनका लागि तेस्रो गोल गरे ।

रिचार्लिसनको हेड बल क्रसबारमा लागेर रिबाउण्ड हुँदा सोही बललाई लेविनले गोलपोष्टको दिशा देखाएका थिए । जुन गोल खेलको अन्तिम गोल बन्यो ।

यो जितपछि २६ खेलबाट ३६ अंक जोडेको इभर्टन लिगतालिकाको सातौं स्थानमा छ र शिर्ष चारमा रहेको ५ अंकले पछि छ । उता पराजित प्यालेस भने ३० अंकका साथ १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...