बार्सिलोना र रियल कोपा डेल रे बाट आउट

एजेन्सी । उपाधिका दुई दावेदार बार्सिलोना र रियल मेड्रिड प्रतिष्ठित स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलबाटै बोहरिएका छन् । त्यसमध्ये गत संस्करणको उपविजेता तथा लगातार सातौंपटक फाइनल खेल्ने योजनामा रहेको बार्सिलोनाको हार स्तब्धपुर्ण बन्यो ।

बार्सिलोनाले एथलेटिक बिल्बाओसँग उसकै घरमा १–० को हार बेहोर्यो । त्यो पनि इन्जुरी समयमा र आत्मघाती गोलका रुपमा । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयतिर ९३औं मिनटमा सर्जियो बुस्केट्सको आत्मघाती गोल क्याटलन जायन्टनको हारको निर्णायक कारण बन्यो ।

स्मरण रहोस, बिहीबार राती नै मेड्रिडमा भएको अर्को क्वाटरफाइनल खेलमा रियल मेड्रिडले पनि रियल सोसिडाडसँग रोमाञ्चक ४–३ गोलको हार बेहोर्यो । यसको अर्थ सन् २०१० पछि पहिलोपटक कोपा डेल रे को फाइनलमा न बार्सिलोना हुनेछ र रियलको उपस्थिति नै रहनेछ ।

बिहीबारको नतिजापछि सेमिफाइनलमा पुग्ने टोलीहरुको टुंगो लागेको छ । सेमिफाइनलमा सोसिडाड, बिल्बाओ, ग्रेनाडा र मिरान्डेस पुगेका छन् । दोस्रो डिभिजनको टोली मिरान्डेसले पनि सनसनीपुर्ण रुपमा भिल्ला रियललाई ४–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...