बायर्न क्वाटरफाइनलमा (भिडियोसहित)

एजेन्सी । प्रतिस्पर्धात्मक जितका साथ डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख प्रतिष्ठित जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा साविक विजेताले हफेनहिममाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

खेलको आठौं मिनटमै जेरोमी बोटेङले आत्मघाती गोल गर्न पुग्दा बायर्न खेलमा पछि पर्न पुगेको थियो । यद्यपि विपक्षीको आत्मघाती गोलकै सहयोगमा बायर्न फेरि खेलमा फर्कियो । १२औं मिनटमा हफेनिहिमका बेन्जामिन हब्नरले आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो ।

त्यसलगतै २०औं मिनटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाए । ३६औं मिनटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे भने ८०औं मिनटमा चौथो गोल गरे । यो गोलसँगै लेवान्डोस्कीको यस सिजन गोलसंख्या ३५ पुगेको छ ।

उता हफेनहिमका लागि मोनेस डाबुरले ८२ र इन्जुरी समयको ९२औं मिनटमा लगातार दुई गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन भने सकेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...