एकपछि अर्को किर्तिमान बनाउँदै १९ वर्षे नर्वेजियन स्टार

एजेन्सी । यस वर्षको जनवरी ट्रान्सफरमा रेडबुल साल्जबर्गबाट बोरुसिया डर्टमुण्ड आएका नर्वेजियन युवा स्टार इर्लिङ हालण्डले बुण्डेसलिगामा एकपछि अर्को किर्तिमान बनाइरहेका छन् ।

हालण्डले डर्टमुण्डका लागि पछिल्ला दुई खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान गरेका थिए । यद्यपि ती दुवै शुरुवाती खेल उनका लागि शानदार रह्यो ।

आफ्नो डेब्यु खेलमा डर्टमुण्डले अग्सबर्गलाई ५–३ ले हराउँदै उनले शानदार ह्याट्रिक गरे भने एफसी कोनलाई ५–१ ले हराउँदा उनको खातामा दुई गोल परेको थियो ।

ती दुवै म्याचमा गरेर ५९ मिनटमा कुल ५ गोल गरेका हालण्ड बुण्डेसलिगाको इतिहासमा शुरुवाती दुई खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बने । यद्यपि यी युवा स्टार त्यति मै रोकिएनन् ।

शनिबार युनियन बर्लिनलाई डर्टमुण्डले ५–० ले हराउँदा हालण्डको नाममा फेरि दुई गोल रह्यो । साथै त्यो गोलसँगै बुण्डेसलिगाको इतिहासमा शुरुवाती तीन खेलमा सात गोल गर्ने उनी पहिलो खेलाडी बन्ने किर्तिमान बनाए ।

फुटबल एक्सपर्टका अनुसार यदि हालण्डले आफ्नो गोलस्कोरिङ लयलाई यसरी नै अगाडी बढाउँदै लगे, उनले यस सिजन एकपछि अर्को किर्तिमान तोड्न सक्ने बताइन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...