मेड्रिड डर्बीमा बेन्जेमा निर्णायक (भिडियोसहित)

एजेन्सी । यस सिजन जुझारु र राम्रो लयमा देखिएको रियल मेड्रिडले २१ खेलसम्म अपराजित रहँदै स्पेनिस ला लिगामा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । शनिबार भएको मेड्रिड डर्बीमा रियलले शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडमाथि १–० को जित निकाल्दै लिगतालिकामा ६ अंकको स्पष्ट अग्रता बनाएको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेयुमा भएको खेलमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा निर्णायक रहे । बेन्जेमाले दोस्रो हाफको ५६औं मिनटमा फेर्लान्ड मेन्डीको क्रस पासलाई सदुपयोग गर्दै खेलको एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै २२ खेलबाट ४९ अंक जोडेको रियल शिर्ष स्थानमा छ । उता दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनाको ४३ अंक छ । यद्यपि बार्साले एक खेल कम खेलेको छ । र, आइतबार नोउ क्याम्पमा लेभान्टेसँग भिड्दैछ । उता पराजित एटलेटिको भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...