पोर्चुगिज स्टार रोनाल्डोलाई अर्को अवार्ड

एजेन्सी । इटालियन सिरि ए च्याम्पियन युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले नयाँ वर्ष (जनवरी महिना)को शुरुवात मै पहिलो अवार्ड जितेका छन् । रोनाल्डोले सिरि ए तर्फ सन् २०१८–१९ का लागि सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

स्मरण रहोस, सिरि ए मा यसै सिजन (२०१९–२०) देखि बिभिन्न विधामा यो अवार्ड दिन शुरु गरिएको छ । जसमा उदयीमान खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड पनि रहेका छन् ।

उता यो अवार्ड रोनाल्डोले गत सिजन गरेको प्रदर्शन र तथ्यांकका आधारमा दिइएको बताइएको छ । स्मरणीय छ, रोनाल्डोले गत सिजन ३३ खेलमा २२ गोल गर्नुका साथै ११ एसिस्ट पनि मिलाइदिएका थिए ।

साथै उनले यस बर्षको शुरुवातबाटै पनि उत्कृष्ट गोलस्कोरिङ लयलाई कायम राखेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...