स्पेनिस फुटबलमा मेसीको विशेष किर्तिमान

एजेन्सी । फुटबलमा किर्तिमान बनाउने र उपलब्धी हासिल गर्ने काममा अर्जेन्टिनी स्टार लियोनल मेसी पनि उत्तिकै अगाडी छन् । अन्तर्राष्ट्रिय र क्लब फुटबलमा एक से एक किर्तिमान बनाएका मेसीले त्यहि किर्तिमानको सूचीमा अर्को किर्तिमान थपेका छन् ।

कोपा डेल रे को प्रिक्वाटरफाइनलतर्फ बिहीबार राती बार्सिलोनाले लेगानेसमाथि ५–० को एकतर्फी जित निकाल्यो । नोउ क्याम्पमा भएको त्यो खेलमा बार्सिलोनाका लागि मेसीले पनि दुई गोल गरे ।

त्यो खेलमा बार्सिलोनाको प्रभावशाली जितसँगै मेसीले एक विशेष किर्तिमान बनाए । रिपोर्टअनुसार यो जित बार्सिलोनाका लागि मेसीको ५००औं जित थियो । साथै यो जितसँगै स्पेनिस फुटबलमा ५००औं खेल जित्ने मेसी पहिलो खेलाडी बने ।

मेसीले यो उपलब्धी बार्साका लागि समग्रमा ७१० खेल्दै हात पारेका हुन् । त्यति मात्र नभएर बिहीबार रातीको त्यो जितसँगै बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गर्न पनि सफल भएको छ ।

स्मरण रहोस, प्रतियोगिताको क्वाटरफाइनलमा बार्सिलोना बाहेक रियल मेड्रिड, डिफेन्डिङ च्याम्पियन भ्यालेन्सिया, एथलेटिक बिल्बाओ, भिल्लारियल, ग्रेनाडा र रियल सोसिडाडले यसअघि नै स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...