बायर्नका दुई स्टारको अभ्यास मैदान मै लफडा

एजेन्सी । ताजा रिपोर्ट बाहिर आए अनुसार जर्मन जायन्ट बायर्न म्युनिखका दुई खेलाडी क्लबको अभ्यास मैदानमै हातपातमा उत्रिएका छन् । रिपोर्टअनुसार डिफेन्डर जेरोमी बोटेङ र लियोन गोरेज्का क्लबको अभ्यास मैदानमा एक अर्काबीच हातपातमा उत्रिएका हुन् ।

खबरअनुसार अभ्यास सत्रका क्रममा गोरेज्काले बोटेङ मात्र स्पष्ट स्लाइड (ट्याकल) गरेपछि जर्मन स्टार क्रुद्ध बन्न पुगेका थिए । गोरेज्काको त्यो स्लाइड पछि रिसाएका बोटेङले उनलाई तत्कालै झापड हानेको बताइएको छ ।

यद्यपि मैदान मै रहेका क्लबका प्रशिक्षक हान्स फ्लिक र स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले त्यो विवादमा हस्तक्षेप गर्दै साम्य पारेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...