नेमारको दुई गोल ब्रायन्टप्रति समर्पित (भिडियोसहित)

एजेन्सी । आइतबार मात्र हेलिकप्टर दुर्घट्नामा परि निधन भएका अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्टलाई ब्राजिलियन स्टार नेमारले मैदानमै सम्झिएका छन् ।

फ्रेन्च लिग वानतर्फ आइतबार राती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलेलाई उसकै घरमा २–० ले हरायो । खेलमा दुवै गोल नेमारको नाममा रह्यो ।

https://twitter.com/Footy/status/1221552694512570370

नेमारले पहिलो गोल २८औं मिनटमा २० यार्ड टाढाबाट कर्लिङ प्रहार गर्दै गोलमा परिणत गरेका थिए । दोस्रो गोल भने ५२औं मिनटमा पेनाल्टीबाट गरेका थिए । रिपोर्टअनुसार खेलकै क्रममा ब्रायन्टको निधनको खबर पिएसजीका खेलाडीहरुले थाहा पाएका थिए ।

नेमार स्वयम् बास्केटबलका फ्यान हुन् र उनले पटक–पटक ब्रायन्टलाई व्यक्तिगत रुपमा भेटेका समेत थिए । नेमारले लिले विरुद्ध गोल गरेपछि औंलाले ब्रायन्टले प्रयोग गर्ने नम्बर २४ तर्फ यशारा गर्दै आशातिर देखाएर सम्मान प्रकट गरेका थिए । साथै उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा पनि ब्रायन्टप्रति सम्मान प्रकट गरेका छन् ।

एजेन्सी । आइतबार मात्र हेलिकप्टर दुर्घट्नामा परि निधन भएका अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्टलाई ब्राजिलियन स्टार नेमारले मैदानमै सम्झिएका छन् ।

यो जितपछि २१ खेलबाट ५२ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । र, दोस्रो स्थानमा रहेको मार्सेली भन्दा १० अंकले अगाडी छ । त्यस्तै उता पराजित लिले भने ३१ अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...