दुई खेलमै १९ बर्षे स्टारकोे ऐतिहासिक किर्तिमान

एजेन्सी । यसै ट्रान्सफर विन्डोमा रेडबुल साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्डमा आवद्ध भएका १९ बर्षे नर्वेजियन फरवार्ड इर्लिङ हालन्डले आफ्नो रवाफिलो गोलस्कोरिङ लयलाई कायम राखेका छन् ।

शुक्रबार राती भएको एक मात्र खेलमा डर्टमुण्डले एफसी कोनलाई ५–१ ले हराउँदा हालन्डले दुई गोल गरे । त्यो पनि खेलको ६५औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर ।

स्मरण रहोस, बुण्डेसलिगामा गत साता डर्टमुण्डका लागि डेब्यु गरेका हालन्डले अग्सबर्ग विरुद्ध डेब्यु खेलमै ह्याट्रिक गर्दै सनसनी मच्याएका थिए । त्यतिबेला पनि हालन्ड वैकल्पिक खेलाडी कै रुपमा मैदान प्रवेश गरेका थिए ।

यो दुई म्याचमा उनले गरेको कुल पाँच गोलसँगै एक दुर्लभ र ऐतिहासिक किर्तिमान समेत बनाए । रिपोर्टअनुसार बुण्डेसलिगाकाृ इतिहासमा शुरुवाती दुई खेलमा पाँच गोल गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।

उनको यो अदभुत गोलस्कोरिङ क्षमता आगामी दिनहरुमा पनि निरन्तर लयमा रहे उनले थप अनेकौं किर्तिमान बनाउने निश्चित रहेको धेरैले अनुमान गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...